मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ, र्बैशाख २७ । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।

अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने गरी सिफारिस गरिएको हो । संसद्‌बाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्