देउवाले गरे बहुमतको सरकार गठनका लागि आह्वान, प्रचण्डको समर्थन

काठमाडौं , बैशाख २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि धारणा राख्दै देउवाले प्रधानमन्त्रीको प्रस्ताव पारित नहुने बताएका छन् ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आह्वान गरे ।

यता प्रतिनिधिसभा बैठकमा देउवापछि धारणा राखेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको भनाइमा समर्थन गरेका छन् । उनले संसदबाट बहुमतको सरकार निर्माण सम्भव रहेको पनि उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्