आफू कार्यकारी प्रमुख प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थुपार्ने ? देउवा

काठमाडौं, बैशाख २७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्था स्वयं प्रधानमन्त्रीका कारण आएको बताएका छन्।

प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उहाँलाई काम गर्न कसले रोक्योरु अरुमाथि दोष थोपरेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ?, उनले भने, तीन वर्षमा पूर्ण असफल हुनभएको छ। आफैंले आफैंलाई सोध्नुस्, कुशासनको कारण यही सरकार होइन ? देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको ३ वर्षको मूल्यांकन गर्दा पूर्ण रूपले असफल भएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सभापति देउवाले भने, ‘सरकार गठनपछि ३ वर्षको मूल्यांकन गर्दा ओली सरकार पूर्ण रूपले असफल भएको छ ।’ सभापति देउवाले आत्ममूल्यांकन गर्न ओलीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्