अन्ततः पछि हट्यो माधव नेपाल समूह, राजीनामा नदिने, संसदमा अनुपस्थित रहने निर्णय

काठमाडौं, बैशाख २७ । सामुहिक राजीनमा दिने तयारी गरेको माधव नेपाल समूह अन्ततः पछि हटेको छ।

माधव नेपालको सोमबार विहान बसेको बैठकले राजीनामा नदिने, बरु संसदमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावललेजानकारी दिए।

बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो।

बैठकले आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफू पक्षीय सांसदहरुको सहभागी नहुने नेता रावलले जानकारी दिए।

पार्टी एकताका पक्षमा आफूहरूले हदैसम्मको लचकता अपनाएपनि प्रधानमन्त्री एवं पार्टी अध्यक्षले बेवास्ता गरेको भन्दै रावलले संविधानविपरीत उभिने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताए।

यसैबीच माधवकुमार नेपाल पक्षका एमाले सांसदहरुले आज हुन लागेको मतदानमा सोहि पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्।

प्रतिक्रिया दिनुहोस्