गण्डकीका मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आव्हान

काठमाडौं, बैशाख २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा स्वीकृत भएको छ ।

सोमबार अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका थिए ।

प्रदेशमा एमालेका २७ र स्वतन्त्र एक गरि सरकारको पक्षमा २८ मात्र सांसद भएपछि गुरुङ अल्पमतमा परेका थिए ।

प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै नेपालको संबिधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन गर्न आव्हान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्