ओली र नेपाल समूहको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौँ, बैशाख २६ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आइतबार भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ।

सिंहदरबारस्थित लेखा समितिमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो। वार्तामा ओलीका तर्फबाट विष्णु पौडेल र सुवास नेम्वाङ तथा नेपालका तर्फबाट नेपाल आफै बसैका थिए।

तर केहीबेरमै सकिएको वार्तामा नेकपा एमालेलाई बचाउन र यसमा एकतावद्ध हुनका लागि विचार गर्ने धारणा नेता नेपालले व्यक्त गरेर निस्किएको जानकारी नेता पौडेलले दिए। वार्तामा सहमति भयो या भएन त्यसबारे नेपाल पक्षले मुख खोलेको छैन।

वार्ता आधा घण्टामा टुंगिएको थियो। यसलगत्तै नेता नेपाल आफू पक्षीय नेताहरुसँगको छलफलमा बसेको उनी निकट एक नेताले जानकारी दिए। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गतेको अवस्थामा नफर्किए सामुहिक राजीनामा दिने बताएको माधव नेपाल समूह र ओली पक्षका नेताहरुबीच वार्ता सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्