दिल्लीमा लकडाउन एक साता थपियो, भोलीदेखि मेट्रो पनि बन्द

काठमाडौँ , बैशाख २६ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन थप एक हप्ता बढाएका छन् । मुख्यमन्त्रीको अनुसार यस पटक लकडाउन थप कडा हुनेछ ।

अरविन्द केजरीवालले बाध्यताले लकडाउन बढाइने र यस पटक नियम कडा हुने बताए । दिल्लीका मुख्यमन्त्रीले भने, “अब सक्रमण दर लकडाउन पछि २३ प्रतिशत भएको छ ।”

केजरीवालले लकडाउन पहिला कोरोना संक्रमण दर ३५ प्रतिशत रहेको बताए मतलब सय जनाको परिक्षण गर्दा ३५ जना संक्रमित थिए । सोमबारबाट मेट्रो पनि नचल्ने भएको छ ।

अब दिल्लीमा मे १७ सम्म लकडाउन हुने भएको छ । दिल्लीमा कोरोना संक्रमण नियन्त्रण बाहिरभएपछि अप्रिल २० देखि लकडाउन जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्