देउवा भन्छन्- संख्या नपुगेसम्म अविश्वास प्रस्ताव दर्ता हुन्न

काठमाडौं, बैशाख २६ । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले प्रस्ताव पास हुने अवस्था नआएसम्म प्रधानमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने संकेत गरेका छन्। देउवाले यो कुरा आज विहान आफूलाई भेट्न बुढानिलकण्ठ पुगेका जसपाका नेताहरुलाई बताएका हुन्।

स्रोतका अनुसार देउवाले ओली विरूद्धको प्रस्ताव पारित हुनका लागि संख्या पुग्नु पर्ने अनिमात्र आफूले कदम चाल्ने बताएका थिए।
अविश्वास प्रस्ताव दर्ता गर्न जसपाको भूमिका मुख्य भूमिका रहेको तर देउवालाई जसपाले आफू २७ गते तटस्थ बस्ने संकेत गरेपछि देउवाले पनि अविश्वास प्रस्ताव दर्ता गर्न सुनिश्चितता खोजेका छन्।

उता एमालेमा माधव पक्षीय सांसदहरुले राजीनामा दिने बिषयले राजनीतिक बजारमा सरगर्मी बढेको छ।

प्रतिक्रिया दिनुहोस्