लोक सेवा आयोगको अध्यक्षमा माधव रेग्मी सिफारिस

काठमाडौं, बैशाख २६ । संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा माधव रेग्मीलाई नियुक्तीका लागि सिफारिस गरेको छ। आइबार विहान बसेको परिषदको बैठकले लोकसेवा आयोग अध्यक्षमा रेग्मीलाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले अख्तियार दुरुयोग अनुसन्धान आयोगको आयुक्तमा डा। हरि पौडेललाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

पूर्व सचिव रेग्मी न्यायाधीश कुमार रेग्मीका दाइ हुन्। उनी प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाको सिफारिसमा लोकसेवा अध्यक्षमा नियुक्तीका लागि सिफारिस भएका हुन्।

यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभाग ९गुप्तचर० का पूर्व प्रमुख दिलिप रेग्मीको नाम सिफारिस गरेको छ। यसैगरी निर्वाचन आयोगको आयुक्तमा पूर्व सचिव वीरबहादुर राईलाई नियुक्तीका लागि सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्