प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

यही वैशाख २६ गते उक्तबैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख भने नजाने भएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ।

विश्वासको मत लिने अघिल्लो दिन उनले बैठक बोलाए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने भएका हुन्।

यता कांग्रेस सभापति देउवा समेत सो बैठकमा नजाने उनका स्वकीय सचिवालयका भानु देउवाले जानकारी दिए।

अघिल्ला दुईवटा बैठकमा सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थिति भएका थिएनन्।

 

प्रतिक्रिया दिनुहोस्