सीरमबाट ५० लाख डोज खोप खरिद तत्काल सम्भव छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं , बैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सीरम इन्स्टिच्युटसँग ५० लाख डोज खोप खरिद तत्कालका लागि सम्भव नभएको स्पष्ट गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सीरमसँग नेपालले खरिद गरेको १० लाख डोज खोप भने छिट्टै पठाउने प्रतिबद्धता सीरमले दिएको उल्लेख गरिएको छ ।
सीरमले आगलागी र क्षमता विस्तारमा अवरोधका कारण ढीला भएको र क्षमता विस्तार भएपछि आपूर्ति गर्ने जानकारी दिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सरकारले अन्य खोप प्राप्त गर्न कुटनीतिक तथा अन्य मध्यमबाट समेत प्रयास गरिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्