निषेधाज्ञा : महामारीमा यात्रु ठग्नेलाई धमाधम पक्राउ गर्दै ट्राफिक प्रहरी

काठमाडौँ , बैशाख २४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तिब्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तिन जनालाई पक्राउ गरेको छ ।

उपत्यकामा जारी भएको निषेधाज्ञा पश्चात बैदेशीक रोजगारबाट आई घर फर्किने र अत्याबश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणा बढि भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

महामारीको अबस्थामा यात्रुहरु ठगीन सक्ने कुरालाई मध्यनजर गरि बिशेष टोली परिचालन गरेका छौ, टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढि भाडा लिएको पाइए निग्रानीमा राखि नियन्त्रणमा लिने गरेको उनले जानकारी दिए ।

कोटेश्वरबाट धनुषा मिथिलाका ४३ बर्षिय कृष्ण देवकोटा, झापा गौरदहका ४२ बर्षिय खड्ग बहादुर भण्डारी र गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने बर्ष ३४ को राम सुरेल पक्राउ गरेको महाशाखाले पुष्टी गरेको छ ।

काठमाण्डौं देखि पुर्व झापा मोरङ्ग जाने यात्रुहरुसँग जनही तीन हजार देखी पैतालिस सयसम्म भाडा लिने ईन्द्रेणी हाईसको काउण्टर र प्रदेश३-०१-००६ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई बृत्त गौशाला र अन्य दुई जनालाई आबश्यक कारबाहीको लागी प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

यसरी महामारीमा सार्वजनिक सवारी संचालनमा पुर्ण रोक लगाएको भएता पनि बिभिन्न समस्यामा परेका र बिदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढि भाडा लिई ठगी गर्ने ६ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागी हिजो प्रहरी प्रभाग गंगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

बढि भाडा लिएमा वा सार्बजनिक यातायात सम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्