नेपाली सेनामा ५ हजार ३१८ कोरोना संक्रमित, तीन जनाको मृत्यु

काठमाडौँ, बैशाख २२ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट नेपाली सेनाका हालसम्म ५ हजार ३१८ जना संक्रमित भएका छन् । संक्रमित तीन जनाको मृत्यु भएको छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार निको हुनेको सङ्ख्या पाँच हजार २०१ रहेको छ । सेनामा हाल कोरोना सङ्क्रमणबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ११४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा मात्रै पनि कोरोनाका सात हजार ५८७ नयाँ सङ्क्रमित थपिएका छन् । एक हजार ७७५ निको भएको तथा ५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्