माओवादी केन्द्रले फिर्ता लियो सरकारलाई दिएको समर्थन, भोलि संसदलाई पत्र लेख्ने

काठमाडौं , बैशाख २१ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। माओवादीले संसदलाई भोलि विश्वासको मत नभएको भन्दै पत्र लेख्ने तयारी गरेको छ।

यसअघिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्बन्धी निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

आजको बैठकले समर्थन फिर्ता लिएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।पार्टीले लुम्बिनी प्रदेशमा भएको घटनालाई चरम असंवैधानिक कदम भएको बताएको छ।

गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रमुख पदबाट मुक्त गरिनु संविधानको भावना विपरित स्वच्छाचारी भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्