वाग्मती प्रदेश : राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र
काठमाडौं, बैशाख १७ । वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ ।
निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदानकेन्द्र तोकेको हो ।
मकवानपुर, हेटौंँडा उपमहानगरपालिका –४ स्थित भुटनदेवी माविलाई मतदानस्थल तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मतदानस्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदानकेन्द्र तोकिएको उहाँले जानकारी दिनुभयो ।
आयोगले निर्र्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आजै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ ।रासस
प्रतिक्रिया दिनुहोस्