तत्काल नयाँ सरकार बन्ने सम्भावना छैनः सभापति देउवा

काठमाडौं , बैशाख १७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउन आफूसँग बहुमत नभएको बताएका छन् ।

आफ्नै निवासमा शुक्रबार पत्रकार सम्मलेन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले सरकार बनाउन आवश्यक मत आफूसँग नभएको भन्दै तत्काल नयाँ सरकार बन्ने सम्भावना नभएको बताए ।

साथै देउवाले एमसीसी बारे पनि बोलेका छन् उनले बाहिर आएजस्तो प्रचण्डसँग कुनै सम्झौता नभएको भन्दै एमसीसी संसदबाट पारित हुनुपर्ने औंल्याएका छन् ।

‘बाहिर आएको कुरा विल्कुल गलत हो, त्यस्तो सम्झौता भएको छैन ’ उनले भने ।देउवाले नयाँ सरकार बनाउन संख्या नै नभएको बताउदै जसपाले निर्णय नगरी नहुने बताए ।

यता जसपामा फेरि विवाद उत्पन्न भएको छ । नयाँ सरकार बारे अहिलेसम्म कुनै निर्णय लीन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्