एकै दिन ५ हजार ७२७ जनामा कोरोना पुष्टि , ३३ जनाको मृत्यु

काठमाडौं, बैशाख १७ । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट आज थप ३३ जनाको मृत्यु भएको छ । यसअघि बिहिबार ३५ जनाले ज्यान गुमाएका थिए ।

उपत्यकामा मात्रै झण्डै ३ हजार

यसैबीच काठमाडौं उपत्यकामा मात्रै एकै दिन झण्डै ३ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण निकै फैलीएको छ । दैनिक जसो संक्रमित ठुलो संख्यामा फेला परिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्