काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा

काठमाडौं , बैशाख १६ । कोरोना माहारी नियन्त्रणका लागि सरकारले आजबाट निषेधाज्ञा गरिएको छ । यसको उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्ररहीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको छ ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।  त्यसैगरी ३८१वटा साना जिपरकारहरु पनि होल्ड गरिएका छन् ।

निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १८४ वटा ठूला सवारीसाधन पनि प्रहरीको फन्दामा परेका छन् । नियन्त्रणमा लीएका ती सवारीलाई अब साँझ ७ बजेपछि मात्रै ती सवारीलाई छोडिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्