आज घट्यो सुनको मुल्य , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ, बैशख १६ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

बुधबारको तुलनामा आज छापावाल सुन तोलामा ४०० रूपैयाँले घटेर ९० हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ९० हजार ३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज १० रूपैयाँले बढेर १३ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्