सिभिल लघुवित्त संस्थाले आकर्षक प्रगति गरेको वित्तीय विवरण

काठमाडौं, १६ बैशाख । सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफामा उल्लेख्य वृद्धि गरेको छ । संस्थाले खुद ब्याज आम्दानी ९७।३८५ ले बढेर ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेकोे छ । सिभिलले गत वर्षको यसै अवधिको तुलनामा २७९।८६५ ले खुद नाफा वृद्धि गरी यस वर्ष ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ । यस वर्ष भने १ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ९७।३८५ ले बढेर ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, सिभिलको सञ्चालन नाफामा अकर्षक वृद्धि भएपछि खुद नाफा सुधार भएको देखिन्छ । सञ्चालन नाफा ६५६।९५५ वृद्धि हुँदै ७ करोड ५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष भने ९३ लाख १८ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको थियो । चुक्ता पुँजी रिजर्भ कोष लगायत सूचकहरु पनि बढेका छन् । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ६४ पैसाले बढेर २७ रुपैयाँ ४६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ राम्रो वृद्ध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्