निषेधाज्ञाका समयमा पनि प्रि–पेड टा्याक्सि सञ्चालन हुने (सूचनासहित)
काठमाडौं, १६ बैशाख । निषेधाज्ञाका समयमा पनि प्रि–पेड टा्याक्सि सञ्चालन हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडबीच सम्झौता पछि यसतो किसिमको सहजता भएको हो ।
यहि बैशाख १६ गतेदेखि नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको समय अवधिमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलबाट हवाई यात्रुहरुको सहज आवत जावत तथा गन्तव्यमा पुर्याउने कार्य यथावतरुमा सञ्चालन हुनेछ ।
अत्यावश्यक हवाई सेवा अन्तर्गत प्रि–पेड ट्याक्सि सेवा पर्ने भएकोले सरकारले बैशाख १६ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको समय अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलबाट हवाई यात्रुहरुको आवत जावत सेवा अत्यावश्यक भएकोले यात्रुहरुको सहजीकरणका लागि आवत जावत सञ्चालन हुने भएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय तथा आन्तरिक विमानस्थलबाट हवाई यात्रुहरुको लागि यातायात सेवा सञ्चालनको लागि स्वीकृत प्राप्त यस कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई यात्रुहरुलाई आङ्खनो गन्तव्यसम्म पु¥याउने र विमानस्थल आउने हवाई यात्रुहरुलाई विमानस्थलसम्म ल्याउने व्यवस्थाका सहजताका लागि यस्तो सम्झौता गरिएको विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडका निर्देशक पुरुसोत्तम शिंखडाले जानकारी दिनुभयो ।
तोकिएको भाडामा अनिवार्य प्रि–पेड गरी यातयात सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । विगतका बन्द हड्ताल जस्तो समयमा पनि यातायात सेवा दिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्