कोरोना कहरः निषेज्ञापछि बिहानैदेखि सुनसान काठमाडौं (फोटोफिचर )
काठमाडौं । ब्यस्त र मान्छेले भरिभराउ हुने काठमाडौं शहर बिहानैदेखि सुनसान छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएसँगै यो चहलपह भएको सहर सुनसान भएको हो ।
निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका छोड्नेको लर्को पनि त्यतिकै थियो बसपार्कका काउन्टरमा । भएका बसै घर फर्केपछि अहिले काठमाडौं सुनसान देखिएको छ । करिब ५ लाख भन्दा बढिले उपत्यका छोडिसेकेका छन् । सरकारले कोभिड–१९ को संक्रमण दर बढ्दै गएपछि उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।
निषेधाज्ञा लागू भएपछि बजार बन्द भएका छन् भने सडक सुनसान बनेको छ । अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउँदै हिंडडुल र आवागमनमा रोक लगाइएका कारण उपत्यकाका मुख्य सडक सुनसान बनेका हुन् ।
प्रहरीले अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।निषेधाज्ञा लागू गराउन मुख्य सडक र चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सवारी साधनको चेकमा पनि कडाइ गरिएको छ ।
अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा गाडी र मानिसहरु छिटफुट मात्र देखिएको पाइन्छ । यता काठमाडौँको चावहिल, गौशाला, कोटेश्वर, बानेश्वर, माइतीघर, सुन्धारा र दरबारमार्गका दृश्य सुनसान जस्तै छ । अन्य ठाउँमा पनि सुनसान छ ।
प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएपछि सडकमा पैदलयात्रु समेत अत्यन्त न्यून देखिएका छन् । निषेधाज्ञा उल्लंघन गर्नेलाई ‘होल्डिङ सेन्टर’मा केही समय रोकेर छाड्ने गरिएको छ ।
आम जनताको लागि यो नौलो कुरा भने होइन जनताले गत वर्षको निषेज्ञा र लकडाउनले सास्ती भोगी सकेको छन् । निषेधाज्ञा उल्लंघन गर्नेलाई एक महीनासम्म कैद वा एक सय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ । आफु पनि बाचौं, अरुलाई पनि बचाउ, घरमै बसौ, सामाजिक दूरी कायम गरौ ।
हेर्नुहोस् तस्बिर
प्रतिक्रिया दिनुहोस्