कोरोनाबाट थप १७ संक्रमितको मृत्यु

काठमाडौँ, बैशाख १५ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम हुँदै गएको छ । नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु संख्या १७ र २४ घण्टा भित्रमा मृत्यु भएकाहरुको संख्या १० रहेको मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २११ पुगेको मन्त्रालयले जानकारी दिएको छ । केहिदिन ्यता कोरोनाबाट धेरैको ज्यान गइरहेको छ ।

संक्रमणदर र मृत्युदर दिनानुदिन उकालो लागीरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्