गण्डकी प्रदेशः अविश्वास प्रस्तावमा मतदानअघि सांसद शाही सम्पर्कविहीन, प्रदेशसभा बैठक स्थगित

काठमाडौं, बैशाख १५ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान सुरु हुने भनिएको थियो ।

यसका लागि छलफल पनि चलीरहेको थियो तर मतदान हुनै लाग्दा एक जना सांसद सम्पर्कविहीन हुन पुगे , यसपछि बैठकमै खैलाबैला भयो । यसका साथै बैठक पनि स्थगित भएको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएका हुन् । उनी प्रदेश सभा बैठकमा नै अनुपस्थित भएका हुन्।

सभामुख नेत्रनाथ अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका ३ सांसदमध्ये शाही सम्पर्कविहीन भएको भन्दै उनको अवस्था सार्वजनिक गर्न माग गर्दै जनमोर्चा संसदीय दलकी सचेतक पियारी थापाले बुधबार नै प्रदेशसभामा पत्र दिएकी थिइन् ।

प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्