दर्दनाक घटना : कोरोनाबाट बचाउन ४ बच्चालाई घरमै थुनेर गए, आउँदा सबै जलेको भेटिए !
काठमाडौं, बैशाख १५ । भारतीय राज्य बिहारको राजधानी पटनानजिक अलाउद्दिनचक गाउँमा दर्दनाक घटना भएको छ ।
जहाँ आमाबुबाले कोरोनाबाट बचाउन भनेर आफ्ना चार ससाना बच्चालाई आफ्नो झुपडी घरमा बन्द गरेर काममा गएका थिए। तर झुपडीमा अचानक आगलागी हुँदा चारै बच्चा जिउँदै जलेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार आफ्ना साना चार बच्चालाई घरमा थुनेर आमाबुबा खेतमा गएका थिए। फर्केर आउँदा घरसँगै चारै बच्चा जलेको अवस्थामा मृत भेटेका हुन्।
कोेरोनाबाट आफ्ना छोराछोरी सुरक्षित रहुन् भनेर उनीहरुलाई घरमै बन्द गरेर उनीहरु खेतीपाती गर्न गएका थिए तर त्यसको केही समयपछि नै घरमा आगो लागेको र गाउँलेले देखेर बचाउने प्रयास गरे पनि आगो निभाउँदासम्म ती बच्चाको मृत्यु भइसकेको स्थानीयले बताएका छन्।
घटनापछि बच्चाका बुबाआमा रोईकराई बेहाल भएका छन् भने गाउँ नै शोकमा डुबेको छ। ती आमा बुवाको हालत पनि नाजुक रहेको छ । बचाउन खोज्दा एकाएक आगोमा जलेर उनीहरु बिलाएर गए ।















प्रतिक्रिया दिनुहोस्