कर्णालीमा ‘फ्लोर क्रस’ गरेका तीन जनाले लिए मन्त्रीको सपथ

काठमाडौं , बैशाख १५ । कर्णाली प्रदेश सदस्यबाट पदमुक्त भएका तीन मन्त्रीको सपथ लिएका छन्। उनीहरुले ६ महिनाका लागि मन्त्रीको सपथ लिएका हुन्। बुधबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले तीन जना मन्त्रीलाई सपथ खुवाएका छन् ।

वैशाख ४ गते नियुक्त भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्री अम्मर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले बुधबार फेरि मन्त्रीको सपथ खाएका हुन्।

माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत पुर्‍याउन फ्लोर क्रस गरेपछि उनीहरूलाई नेकपा एमालेले सांसदबाट मुक्त गरेको थियो। वैशाख १३ गतेको प्रदेश सभा बेठकबाट उनीहरूलाई औपचारिक रूपमा पदमुक्त भएको घोषणा गरिएको थियो।

मुख्यमन्त्री शाहीले आफूलाई मुख्यमन्त्री टिकाइराख्न फ्लोर क्रस गरेकाले उनीहरूलाई मन्त्री बनाएका थिए। सांसद पद गएपछि स्वतः मन्त्री पदमुक्त भएका उनीहरूलाई मुख्यमन्त्रीले आजै फेरि नियुक्त गरेका हुन्।

 

 

प्रतिक्रिया दिनुहोस्