भारतमा कोरोनाको भयाबह अवस्था, मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो
काठमाडौं, बैशख १५ । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार १८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ३ हजार २९३ जनाको मृत्यु भएको छ ।
गत रातीसम्म भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा प्रभावित महाराष्ट्रमा ६६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उत्तर प्रदेश र केरलामा ३२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । कर्नाटकमा पनि थप ३१ हजार संक्रमित भेटिएका छन् ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या एक करोड ७९ लाख ९७ हजार नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २९ लाख ७८ हजार नाघेको छ ।
भारतमा उल्लेख्य संख्यामा कोरोनाको संक्रमण बढेसँगै अमेरिकालगायत केही मुलुकले भारतलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्