सरकारले स्वास्थ्यकर्मीलाई बिदा नदिने, बिदामा बसेकालाई तत्काल काममा फर्कन निर्देशन

काठमाडौँ , बैशाख १४ । कोरोनाको महामारीमा स्वास्थ्यकर्मीले बिदा नपाउने भएका छन् ।

कोरोनाको संक्रमण उच्च भएको र उपचारमा खटिनुपर्ने भन्दै सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको हो । स्वास्थ्यमन्त्रालयमा आज बसेको सचिव स्तरिय बैठकले यस्तो निर्णय गरेको हो ।

सार्थै आजको बैठकले बिदामा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धीत कार्यालयमा तत्काल हाजिर हुन पनि निर्देशन दिने निर्णय गरेको छ ।

कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आलोपालो प्रणाली लागू गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

बैठकले अस्पतालमा रहेको दरबन्दी अनुसार पद रित्त भएको खण्डमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र त्यसको लागि ६ महिना करारमा सेवामा भर्ना गर्ने निर्णय पनि गरेको छ ।

अस्पतालमा कोरोना संक्रमितले अस्पता भरिभराउ छन् । यसैले पनि सरकराले स्वास्थ्यकर्मीले बिदा नदिएको हो ।

प्रतिक्रिया दिनुहोस्