कोरोनाबाट थप १८ जनाको मृत्यु, ४५ सय बढीमा संक्रमण पुष्टि , काठमाडौंमा मात्रै १६०२

काठमाडौं, बैशाख १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सक्रमणका कारण एकैदि १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार १९४ पुगेको छ। सोमबार १२ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।  यो अवधिमा थप ५५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ । यस्तै, हालसम्म ५८ जना क्वारेन्टीनमा रहेका छन् भने २४ लाख ३२ हजार ८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यता बितेको २४ घण्टामा काठमाडौंमा मात्रै १६०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्