तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं , बैशाख १४ । सरकारले तोकिए भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालालाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो । केही निजी प्रयोगशालाले तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले थप शुल्क नलिन आग्रह गरेको हो ।

अब तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने समेत मन्त्रालयले चेतावनी दिएको छ ।

सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकेको छ । कतिपयले तोके भन्दा बढि शुल्क लिने गरेको पनि भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्