भारतमा रहेका नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह, निकाल्यो यस्तो सुचना
काठमाडौं, बैशाख १४ । कोरोनाले अहिले सबै भन्दा बढि प्रभावित भारत बनेको छ । भारतलाई यतिखेर कोरोना महामारीको दोस्रो लहरले नराम्ररी लपेटेको छ। दैनिक ३ लाख ५० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् र ३ हजार हाराहारीमा मानवीय हताहती हुने गरेको छ।
कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सास लिन गाह्रो पर्छ। त्यसैले, उनीलाई सास फेर्न सहज बनाउन अक्सिजन अत्यावश्यक हुन्छ।
तर, भारतको राजधानी नयाँदिल्ली लगायत देशका कयौं शहरहरूमा तरल अक्सिजन चरम अभाव भएको खबरहरू सार्वजनिक भएका छन्। त्यहाँको अदालतले त अक्सिजन आपूर्तिमा जोसुकैले अवरोध गरेपनि मृत्युदण्डको भागीदार हुने चेतावनी दिइसकेको छ।
अहिले भारतमा कोरोनाको भयावहता जस्तो छ, अक्सिजन अभाव हुँदा त्यो भन्दा जटिल स्थिति निम्तिएको छ। उपचार हुँदाहुँदै अक्सिजन सकिएपछि अस्पतालहरूमा एकैसाथ दर्जनौं संक्रमितको मृत्यु भइरहेको छ। गम्भीर अवस्थामा पुगेका बिरामीहरूले अक्सिजन अभावकै कारण ज्यान गुमाइरहेका छन्। यसको मारमा त्यहाँ रहेका नेपाली पनि परेका छन् ।
रोजगारीका लागि धेरै नेपाली भारत गएका छन् । तर यसरी भारत कोरोनाको संकटमा परेपछि धेरै राज्यहरुमा लकडाउन गरिएको छ । लकडाउन हुँदा धेरै नेपाली स्वदेश फर्कन पाएका छैनन् । उनीहरु समस्यामा परका छन् । यसैबीच यता नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई कोरोना संक्रमणबाट जोगिन आग्रह गरेको छ ।
दूतावासले मंगलबार सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाड र भेटघाटमा सामाजिक दूरी अपनाउन आग्रह गरेको हो । पछिल्लो समय भारतका विभिन्न राज्यहरुमा महामारीको संक्रमण अत्यधिकरुपमा बढिरहेको छ ।
त्यस्तै दूतावासले आपतकालीन अवस्थामा वा स्वास्थ्य अवस्था गम्भीर भएमा सहजीकरणका लागि दूतावासको हटलाइलाइन र इमेलमार्फत सम्पर्क आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्