ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, सैनिक अस्पताल भर्ना
काठमाडौं , बैशाख १४ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गृहजिल्ला अर्घाखाँचीमा भएको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि स्वाब परीक्षण गर्दा मन्त्री रायमाझीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको सचिवालयका अनुसार मन्त्री रायमाझीको अहिले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।
पछिल्लो समय नेपालमा कोरोना ह्वात्तै बढेको छ । यस कारण सरकारले १५ दिने लामो निषेधाज्ञा जारी गरेको छ।















प्रतिक्रिया दिनुहोस्