माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा
काठमाडौं , बैशाख १४ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको एक नेताले बताए ।
बैठकको एजेन्डा भने खुलाइएको छैन । तर पनि सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले ल्याउन लागेको अविश्वास प्रस्तावबारे छलफल गर्ने तयारी रहेको बताएको छ । यता आज नै जनता समाजवादी पार्टीले पनि अविश्वास प्रस्तावबारे छलफल गर्न बैठक डोकेको छ ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी पनि गरिरहेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच केही शर्तसहित ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने सहमति भएको स्रोतले जानकारी दिएको छ ।
अविश्वास प्रस्ताव दर्ता लगत्तै संसद्बाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने सहमति भएको जनाइएको छ ।















प्रतिक्रिया दिनुहोस्