निषेधाज्ञा गर्ने सरकारको निर्णयसँगै उपत्यका छाड्नेको लाग्यो लर्को

काठमाडौं, बैशाख १४ । सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । यसरी कोरोना संक्रमण बढेपछि सरकारले आम नागरिकलाई उपत्यका छोड्न दुई दिनको समय दिएको छ ।

पोहोर सालको लकडाउनमा दुख पाएका जनताहरु अहिले भने त्यो अवस्था नआवस भन्ने मनासयले धमाधम काठमाडौं छोड्न थालेका छन् । बिहानै देखि उपत्यका छाडेर घर फर्किनेहरूको भिड लागेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरूको भिड लागेको छ ।

खासगरी कोटेश्वर नाका र थानकोट नाकामा उपत्यका छाड्नेहरूको भिड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाड्ने मानिसको भिड लागेको छ । सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुने गरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ ।

केही समयअघिसम्म यात्रुविहीन गुडेका सवारीसाधन अलिे भने खाँदाखाँद यात्रु लिएर हिनेका छन्
गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रमा घर फर्किनेहरुको संख्या बढेको देख्न सकिन्छ ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।

प्रतिक्रिया दिनुहोस्