सुर्खेतमा भोलिदेखि एकसाता लकडाउन घोषणा
काठमाडौं, बैशाख १३ । सुर्खेतमा भोलिदेखि एकसाता लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि मंगलबार मध्यरातदेखि लकडाउन घोषणा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार मंगलबार मध्यरात १२ बजेदेखि लागु हुने गरि लकडाउन हुनेछ ।
भाइरस नियन्त्रणभन्दा बाहिर जान थालेपछि लकडाउन घोषणा गरिएको जनाइएको छ । लकडाउन अवधीभर दमकल, एम्बुलेन्स, शववहान, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र संचालन हुन पाउने भएका छन् ।
अहिले जिल्लामा ३ सयभन्दा बढी सक्रिय संक्रमित भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्