उपत्यकामा निषेधाज्ञा जारी गर्न तीन जिल्लाका प्रजिअको सहमति, खाका तयार गरिंदै
काठमाडौं, बैशाख १३ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच सहमति भएको छ ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले यहि बैसाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाका तयार भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।
‘खाका तयार भइसकेपछि गृहसचिव महेश्वर न्यौपानेसँग छलफल गरेर निर्णय सार्वजनिक गर्ने तयारी प्रजिअहरुको छ ।
संक्रमण फैलिन नदिन थप निर्णय गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरुले सरकारलाई समेत सिफारिस गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्