एमाले स्थायी कमिटी गठन‚ माधव र झलनाथ हटाइए (सूचीसहित)
काठमाडौं , बैशख १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बनाएका छन् ।
स्थायी कमिटी सदस्यमा माधव-झलनाथ समूहका नेताहरू हटाइएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको स्थायी कमिटीमा उक्त समूहका नेताहरूलाई हटाइएको हो। तर‚ वामदेव गौतमलाई भने राखिएको छ।
यस्तो छ स्थायी कमिटी सदस्यको सूची
१. केपी शर्मा ओली,
२. वाममदेब गौतम
३. ईश्वर पोख्रेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवासचन्द्र नेम्बाङ
७. शंकर पोखरेल
८. प्रदिप ज्ञवली
९. लेखराज भट्ट्
१०. टोपबहादुर रायमाझी
११.सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छबीलाल विश्वकर्मा
१४. पृथ्वी सुब्बा गुरुङ
१५. रघुवीर महासेठ
१६. केशव बडाल
१७.पुष्पराज कडेंल
यस्तै नेकपा (एमाले)ले स्पष्टीकरण सोधिएका २७ सांसदमध्ये केहीलाई कारबाही गर्ने भएको छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीले आंशिक कारबाहीको तयारी गरेको बताएको छ ।
यही वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहित २७ सांसलाई स्पष्टीकरण सोधेको थियो । नेपाल समूहले स्पष्टीकरणको जवाफ पनि दिएको छ ।















प्रतिक्रिया दिनुहोस्