माओवादी बैठकः सरकारलाई दिएको समर्थन फिर्ता गर्ने जिम्मेवारी प्रचण्डलाई
काठमाडौं , बैशाख ८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो।
आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक लिखित जानकारी दिने जिम्मा प्रचण्डलाई दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादीले सरकारलाई समर्थन नभएको बताउँदै आए पनि समर्थन फिर्ताको निर्णय भने लिएको छैन । प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि सरकारलाई माओवादीले दिएको समर्थन व्यवहारिकरुपमा फिर्ता लिइसकेको तर औपचारिक रुपमा जानकारी गराउन मात्र बाँकी रहेको बताएका थिए।















प्रतिक्रिया दिनुहोस्