प्रधानमन्त्रीको कारबाही रोक्न माग गर्दै सर्वोच्चमा पुग्यो नेपाल-खनाल समूह

काठमाडौं , बैशाख ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह सर्वोच्च अदालत पुगेको छ ।

बुधबार सर्वोच्च अदालत पुगेर यो समूहले प्रधानमन्त्री केपी ओलीले गरेको कारबाही प्रक्रिया रोक्न माग गरेको छ । ओलीले नेपाल पक्षका सांसदलाई कारबाही प्रक्रिया अघि बढाएपछि कारबाही रोक्न यो समुह अदालत गएको हो ।

यसअघि ओलीले मंगलबार नेपाल समूहका २७ जना संघीय संसद र कर्णाली प्रदेशका ५ जना गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए।

नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई यसअघि पनि स्पष्टीकरण सोधिएकोमा उनीहरुलाई पुनस् स्पष्टीकरण सोधिएको हो। यता नेकपा एमालेको नेपाल समूहका सांसदले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेका छन्। उनीहरु चारजनाले ३ दिनभित्र र बाँकीलाई २ दिनभित्र जवाफ पेश गर्न भनिएको छ। चारजनाले छुट्टै र बाँकीले अर्कै स्पष्टीकरणको बुझाउने तयारी गरेका छन्।

नीहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) ९१० देखि ९७० र ९१२० र ९१४० मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ।

 

प्रतिक्रिया दिनुहोस्