माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै , सरकारलाई दिएको समर्थन फिर्ताबारे पुग्ला निर्णयमा ?

काठमाडौं, बैशाख ८ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने नेता नारायणकाजी श्रेष्ठले बताए ।

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न ६ कार्यसूची बनाएर छलफल भइरहेको छ । विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय कमिटी बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसूची तय गरेको उनको भनाइ छ । आजको उक्त विषयमाथि थप छलफल गरी निर्णयमा पुग्ने श्रेष्ठले जानकारी दिएका छन् ।

कांग्रेस र जनता समाजवादी पाटीं (जसपा) सँग मिलेर नयाँ सत्ता समीकरण बनाउने पहलमा नेकपा माओवादी केन्द्रले पहल गरिरहेको भए पनि त्यो सार्थक बनिसकेको छैन । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको पहलमा समस्या हुने कांग्रेसले बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्