माओवादी बैठक सकियो, ओली सरकारलाई दिएको समर्थन बारे भयो यस्तो छलफल

काठमाडौं, बैशाख ७ । सरकारलाई दिएको समर्थन बारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बैठक बसेको हो ।

आज बसेको स्थायी समिति बैठकले पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय लिन भने सकेन ।

माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि निर्णय भने गर्न अहिले सम्म सकेको छैन ।

बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको बताए । बैठक भोलि पनि बस्ने गरि आजको बैठक सकिएको पनि उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्