संक्रमणको दर ह्वात्तै बढ्यो , लकडाउन गर्न सिफारिस

काठमाडौं, बैशाख ७ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । छिमेकि देश भारतमा कोरोना संक्रमणले विभिन्न राज्यमा लकडाउन भइरहेको अवस्थामा नेपालमा पनि कोरोना संक्रमितको संख्या बढेको हो ।

खासगरी भारतसँग सीमा जोडिएको जिल्लाहरुमा कोरोना संक्रमण दर उच्च रहेको छ । बाँकेमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ । यसैबीच संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस गरिएको छ । नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस गरिएको हो ।

यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ । कुन(कुन क्षेत्रमा गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ’ उनले भने । बाँकेमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । खासगरी भारतबाट फर्किएकाहरुमा कोरोना संक्रमण धेरै देखिएको छ ।

अस्पतालले घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा स्वएकान्तबास बस्नसमेत आग्रह गरेको छ । अन्य ठाउँ भन्दा बाँकेमा कोरोना संक्रमणकोदर दिनानुदिन बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्