विराटनगर जुट मिल सञ्चालन गर्न आर्थिक समस्या
काठमाडौं । विराटनगर जुट मिल सञ्चालन गर्न आर्थिक समस्या देखिएको छ ।
जुट मिल सञ्चालन गर्न रु दश करोड बजेट आवश्यक भएपनि अहिलेसम्म सरकारले बजेट उपलब्ध गराएको छैन । मिल उक्त रकम कच्चा पदार्थ खरिद गर्नुपर्ने भएकाले आवश्यक परेको हो ।
सरकारले बजेट उपलब्ध गराउन आश्वासन दिएपनि अहिलेसम्म नपठाएको स्रोतले जानकारी दियो । विराटनगर जुट मिल पूर्णरुपमा सञ्चालन भए करिब ४ हजार जनाले रोजगारी पाउने सम्भावना छ । सो मिलबाट दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुनेछ ।
विराटनगर जुट मिल अहिले ठुलो मात्रामा ऋण डुबेको छ । जुट मिललाई अहिले साँवा, ब्याज र ब्याजको स्याजसमेत गरेर रु ३ अर्ब २० करोड ऋण पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्