अब ओली अन्त्यमा हिटलरजस्तै पतन भएर जान्छन् : नेता नेपाल

काठमाडौं, बैशाख ६ । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृत्ति रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालले ओलीले अपनाएको शैली हिटलरी भएको तर्क गरेका हुन् ।

आफ्नो आदेशअनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलरजस्तै पतन भएर जाने उनको भनाइ रहेको छ । ओलीले केही खास मान्छेलाई किनेर भजनमण्डली बनाएको पनि नेपालले आरोप लगाए ।

प्रधानमन्त्री बनाउन जसले भ¥याङ चढाए उसैलाई ओलीले लात हानेर सडकमा पु¥याइदिएको पनि उनले टिप्पणी गरे ।

पछिल्लो समय एमालेका यी दुई समुहबीच खटपट चलीरहेको छ । नेपाल खनाल पक्ष ओली सँग रुष्ट छ । ओलीले एकलौटी निर्णय गरेको भन्दै यो समुह रुष्ट बनेको हो ।

प्रतिक्रिया दिनुहोस्