माधव नेपालसहित २० जनालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय
काठमाडौं , बैशाख ६ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले वरिष्ठ नेता माधवकुमार नेपालसहित २० नेतालाई अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठलले कर्णाली प्रदेश सभामा ’फ्लोर क्रस’ गराउन भूमिका खेलेको आरोपमा नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसहित २० नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने जनाइएको छ। समितिको अर्को बैठक १० गते फेरि बस्नेगरि स्थगित भएको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालको अपराध क्षमा नहुने बताएका छन्। उनले नेपाल पक्षीय नेताहरुलाई थप कारबाही गर्ने चेतावदीसमेत दिए।
उनले प्रचण्डको पाउमा एमाले पार्टी चढाउने, कांग्रेसलगायत गैर कम्युनिष्टहरूको नेतृत्वमा सरकार बनाउन फ्लोर क्रस गर्ने, यो सरकार तुरुन्त ढाल्नु प¥यो भन्दै रोदन गर्दै घर दैलो गर्न जाने अत्यन्त घातक देशद्रोहीहरुलाई कडा भन्दा कडा कारवाही गर्ने उनले चेतावनी दिएका हुन्।















प्रतिक्रिया दिनुहोस्