जसपाका चार सांसदलाई मन्त्री बनाउँदै मुख्यमन्त्री पोखरेल

काठमाडौं, बैशाख ६ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् ।

प्रस्ताव पेश भएको केही घण्टाभित्र नै मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन ।स्रोतका अनुसार जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालय संगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् ।यस्तै सामाजिक बिकास मन्त्रालय बिभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी भइरहेको छ ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु बिजय यादव, सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको छ ।

जसमा यादव, पाण्डे र रायमाझीले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर उनीहरुले अहिले सरकारलाई समर्थन गरेको र मन्त्री बन्न तयार भएको बताइएको छ ।नवनियुक्त मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्