लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा, सरकारलाई दिएको समर्थन पनि फिर्ता

काठमाडौं , बैशाख ६ । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै उनीहरुले राजीनामा दिएका हुन् ।

दुवै नेकपा माओवादी केन्द्रबाट सरकारमा मन्त्री बनेका थिए । केसीलाई माओवादी र नेपाली काँग्रेसको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।

सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

साथै नेकपा माओवादीले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै माओवादीका दुई मन्त्रीले पनि राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्