संसद अधिवेशन आजैदेखि अन्त्य

काठमाडौँ , बैशाख ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले आजै दिउँसो एक बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले पत्र लेख्दै संसद् सचिवालयलाई पठाउदै आजै एक बजेदेखि संसद्को अधिवेशन अन्त्य भएको जानकारी गराएको हो ।

पत्रमा राष्ट्रपतिले भनेकी छन्, ‘नेपालको संविधानको धारा ९३ को उपधारा(२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ र १र६ को सिफारिसमा प्रतिनिधि सभाको चालु अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपराह्न १: ०० बजेदेखि अन्त्य गरेको छु ।’

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक प्रावधान छ ।

पुस ५ गते विघटित प्रतिनिधि सभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि पुनस्स्थापित हुदै फागुन २३ गतेबाट शुरु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्