आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
काठमाडौँ , बैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को आज बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ । अब बैठक मंगलबार बस्ने छ ।
सरकारले संसदको जारी हिउदे अधिवेशन अन्त्यको सिफारिस गरेपछि माओवादी केन्द्रले स्थायी कमिटीको बैठक एक दिनपछि सारेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बोलाएको बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको थियो ।
बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने माओवादी केन्द्रका नेताहरुले बताएका थिए । काँग्रेसले माओवादी केन्द्रले अझै सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै सरकार गठनमा अग्रसरता नदेखाए पनि माओवादी केन्द्रले भने अझै निर्णय गरेर अगाडी बढ्न सकेको छैन ।















प्रतिक्रिया दिनुहोस्