देशरभर थपिए १०९६ संक्रमित , सबैभन्दा धेरै काठमाडौँमा

काठमाडौं, बैशाख ५ । गएको २४ घण्टामा नेपालमा एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले १०९६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा १०१५ जनामा संक्रमण देखिएको हो भने ८५३ जनाको एन्टिजेन परक्षिणका क्रममा ८१ जनामा संक्रमण देखिएको डा. गौतमले बताए।

यसैबीच काठमाडौं उपत्यकामा आज ४३५ जना संक्रमित देखिएका छन ।, जसमध्ये काठमाडौंमा ३२६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणम मुक्त भएर २६२ जना डिस्चार्ज भएका छन्। हाल ८५ क्वारेन्टिन, ११६ जना आइसीयू र ४६ जना भेन्टिलेन्टरमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्